Logo

करिव ५ अंकले ओरालो लाग्यो नेप्से, ५६ करोड ४६ लाखको कारोवार

करिव ५ अंकले ओरालो लाग्यो नेप्से, ५६ करोड ४६ लाखको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ४ दशमलव ८४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८७ दशमलव ८९ अंकमा झरेर बन्द भएको हो ।

कारोवारमा आएकामध्ये होटलबाहेक अन्य समुहको परिसुचक ओरालो लागेकोले सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ५७ दशमलव १३ अंकले ओरालो लागेको छ । त्यस्तै अन्य समुह ७ दशमलव ८१,उत्पादन ६ दशमलव ८२ , विकाश बैंक ४ दशमलव ४४ र जलविद्युत समुह ३ दशमलव ८३ अंकले ओरालो लागेको छ ।

त्यस्तै फाइनान्स समुह १ दशमलव ९९ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह १ दशमलव ८४ अंकले घटेको छ ।

यता होटल समुहको परिसुचक २ दशमलव २५ अंकले उकालो लागेको छ । सो दिन १ सय २१ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ८ लाख ५० हजार कित्ता सेयरबाट ५६ करोड ४६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्