Logo

होटल सब्रिनाले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

होटल सब्रिनाले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल



काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ ।

गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीका अध्यक्ष थापाले बताए ।

काठमाडौं बुढानीलकण्ठ-६, मा अवस्थित होटेल सब्रिनालाई सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एसोसिएसन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो ।

हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ । रोयल अर्किड होटल ब्राण्डअन्तर्गत ४८ भन्दा बढी स्थानहरूमा १०० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् । नेपालमा यस ब्राण्डअन्तर्गत सञ्चालनमा आएको होटलमध्ये सब्रिना पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्
MBL