Logo

सामान्य घटेर रोकियो नेप्से, कारोवार रकममा गिरावट

सामान्य घटेर रोकियो नेप्से, कारोवार रकममा गिरावट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक सामान्य ओरालो लागेको मंगलवार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । सो दिन नेप्से ० दशमलव ६६ अंकले ओरालो लाग्दा सेयर बजार १ हजार ७ सय ९२ दशमलव ७० अंकमा झरेर बन्द भएको हो ।

मंगलवार कारोवारमा आएकामध्ये जलविद्युत समूह सवैभन्दा बढी १० दशमलव ३३ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंक ४, फाइनान्स ३ दशमलव ३६ र बैंकिङ समुह २ दशमलव ९१ अंकले घटेको छ । यता अन्य,वीमा र होटल समुहको परिसुचक क्रमशः १० दशमलव ९९, ८ दशमलव ९५ र ५ दशमलव ५८ अंकले बढेको छ ।

सो दिन १ सय १५ ओटा कम्पनी कारोवारमा आएका छन् । ती कम्पनीको ७ लाख कित्ता सेयरबाट ५० करोड ८६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्