Logo

भारतीय सेयर बजारमा नयाँ रेकर्ड : सेन्सेक्स ८० हजार नाघ्यो, निफ्टी पनि २४ हजार ३ सयमाथि

भारतीय सेयर बजारमा नयाँ रेकर्ड : सेन्सेक्स ८० हजार नाघ्यो, निफ्टी पनि २४ हजार ३ सयमाथि



काठमाडौं । भारतीय धितोपत्र बजारमा आज अर्थात जुलाई ३ गते लगातार दोस्रो दिन पनि शेयर बजार अहिलेसम्मकै उच्च भएको छ । कारोबारको क्रममा सेन्सेक्सले ८० हजारको स्तर र निफ्टीले २४ हजार ३०० को स्तर पार गरेका छन् ।

हाल सेन्सेक्स ५०० अंकले बढेर ८० हजारको स्तरमा कारोबार गरिरहेको छ । निफ्टी पनि १५० अंकभन्दा बढीले बढेको छ र २४ हजार ३ सयको स्तरमा कारोबार भइरहेको छ ।

सेन्सेक्सका ३० मध्ये २५ वटा बढेको र ५ वटा घटेका छन् । बैंकिङ, धातु र अटो शेयरमा बढी वृद्धि भएको छ । एचडीएफसी बैंकको शेयर ३ प्रतिशतले बढेको छ । यसैबीच, आईटी र ऊर्जा सेयरमा गिरावट देखिएको छ । यसअघि हिजो अर्थात जुलाई २ गते पनि बजारले उच्च विन्दुको रेकर्ड बनाएको थियो ।

पछिल्लो ७ महिनामा सेन्सेक्स ७० हजारबाट ८० हजारमा पुग्गेको हो । ११ डिसेम्बर २०२३ मा सेन्सेक्स ७० हजार थियो, जुन अब ३ जुलाई मा ८० हजार पुगेको छ ।सेन्सेक्स ६० हजारबाट ७० हजारसम्म पुग्न २ वर्षभन्दा बढी समय लागेको थियो । यो वर्ष अहिलेसम्म सेन्सेक्स १० प्रतिशतले बढेको छ भने पछिल्लो एक वर्षमा २२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL