Logo

विमा समुहले उचाल्यो नेप्से, १८ अंकले बढ्दा १ अर्व १५ करोडको कारोवार

विमा समुहले उचाल्यो नेप्से, १८ अंकले बढ्दा १ अर्व १५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक १८ दशमलव १० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ९८ दशमलव ५० अंकमा पुगेर बन्द भएको हो ।

मंगलवार कारोवारमा आएका अधिकांश सुमह उकालो लाग्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय ३१ दशमलव ८३ अंकले बढेको छ । त्यस्तै होटल समुह ५३ दशमलव ८, जलविद्युत समुह २२ दशमलव ४८ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १७ दशमलव ३६ अंकले उकालो लागेको छ ।

त्यसैगरी विकास बैंक समुह ७ दशमलव ७३ अंकले उकालो लागेको छ । यता अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः ५ दशमलव ४९ र २ दशमलव १९ अंकले ओरालो लागेको छ ।

मंगलवार १ सय २६ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख १७ हजार कित्ता सेयरबाट १ अर्व १५ करोडको कारोवार भएको छ ।
सो दिन शिखर इन्स्योरेन्सको मात्र २० करोड ६१ लाखको कारोवार भएको छ । त्यस्तै नेपाल बंगलादेश बैंकको १७ करोड १७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्