Logo

साढे १६ अंकले उकालो लाग्यो नेप्से, अधिकांश समुह बढ्दा ७९ करोडको कारोवार

साढे १६ अंकले उकालो लाग्यो नेप्से, अधिकांश समुह बढ्दा ७९ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक १६ दशमलव ६२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८० दशमलव ४० अंकमा पुगेर बन्द भएको हो । अन्य बाहेक सवै समुह उकालो लाग्दा सो दिन सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सोमवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ३५ दशमलव ४५ अंकले बढेको छ । त्यस्तै होटल समुह २७ र सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १७ दशमलव ८ अंकले उकालो लागेको छ ।

त्यसैगरी विकास बैंक १० दशमलव ९४, फाइनान्स ९ दशमलव ९६, उतपादन ७ र जलविद्युत समुहको परिसुचक ५ दशमलव ७८ अंकले बढेको छ । यता अन्य समुहको परिसुचक भने १ दशमलव ७४ अंकले ओरालो लागेको छ ।

सो दिन नेपाल बंगलादेशको १४ करोड १३ लाखको कारोवार भएको छ । सोमवार १ सय ३६ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ८ लाख कित्ता सेयरबाट ७९ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्