Logo

चार खर्बको आईपीओ ल्याउने तयारी गर्दै हुन्डाई, ‘अफर फर सेल’ अन्तर्गत सेयर बिक्री गर्ने

चार खर्बको आईपीओ ल्याउने तयारी गर्दै हुन्डाई, ‘अफर फर सेल’ अन्तर्गत सेयर बिक्री गर्ने



काठमाडौं । दक्षिण कोरियाली कार कम्पनी हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो भारतीय इकाईको करिब १७ प्रतिशत सेयर आईपीओमार्फत बेच्ने विचार गरिरहेको बताइएको छ । कम्पनीले यस आईपीओबाट ३ अर्ब डलर (लगभग चार खर्ब रुपैयाँ) जुटाउनेछ । यसपछि कम्पनीको मूल्यांकन करिब १८ अर्ब डलर हुनेछ ।

एलआइसीले भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ जारी गर्ने कीर्तिमान राखेको छ । कम्पनीले मे २०२२ मा २१,००० करोडको आईपीओ जारी गरेको थियो । पेटीएमको मूल कम्पनी वननाइन सेभेन कम्युनिकेसनको साइज साइज १८००० करोड थियो, कोल इन्डियाको रु १५००० करोड र रिलायन्स पावरको ११५६३ करोड थियो ।

दुई दशकभन्दा बढी समयमा भारतमा अटो कम्पनीको यो पहिलो आईपीओ हुनेछ । यसअघि भारतकै ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले सन् २००३ मा आईपीओ ल्याएको थियो । भारतको अटो सेक्टरमा मारुती सुजुकी, महिन्द्रा एण्ड महिन्द्रा र टाटा मोटर्स लिस्ट भइसकेका छन् भने ओलाले जारी गर्ने तयारी गरिरहेको छ ।

मारुती देशको सबैभन्दा मूल्यवान अटो कम्पनी हो । महिन्द्रा एण्ड महिन्द्रा दोस्रो र टाटा मोटर्स तेस्रो स्थानमा छ । भारतीय बजार नियामक सेबीले भर्खरै ओलाको प्रस्तावलाई अनुमोदन गरेको छ । हुन्डाईले गत वर्ष आईपीओको तयारी गरिरहेको थियो । यो विश्वास गरिन्छ कि कम्पनीले चाँड सेवीमा ड्राफ्ट रेड हेरिंग प्रोस्पेक्टस (डिआरएचपी) फाइल गर्नेछ ।

‘यस आईपीओ अन्तर्गत कुनै नयाँ शेयर जारी गरिने छैन र हुन्डाई इन्डियाको मूल कम्पनीले अफर फर सेल अन्तर्गत आफ्नो शेयर बिक्री गर्नेछ । सिटि इन्डिया, जेपी मोर्गन इण्डिया, कोटक महिन्द्रा क्यापिटल मर्चेन्ट बैंकरहरू छन् जसले यो विक्रि व्यवस्थापन गर्नेछन्,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्