Logo

साताको अन्तिम दिन सेयर बजारमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

साताको अन्तिम दिन सेयर बजारमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ९.३२ अंकले घटेर २११२ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।

आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ४७ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५७ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज सम्वृद्धि फाइनान्सको १७ करोड ५६ लाख २९ हजार रुपैयाँ, साधना लघुवित्तको १२ करोड ९९ लाख ३७ हजार रुपैयाँ र सिइडिबी हाइड्रोपावरको १२ करोड ९१ लाख १५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL