Logo

अधिकांश समुह ओरालो लाग्दा साढे ४ अंकले घट्यो नेप्से, ७५ करोड ३४ लाखको कारोवार

अधिकांश समुह ओरालो लाग्दा साढे ४ अंकले घट्यो नेप्से, ७५ करोड ३४ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनदेखि ओरालो लागेको नेप्से बुधवार ४ दशमलव ६२ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ४९ दशमलव १० अंकमा झरेर बन्द भएको हो ।

बुधवार कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ७८ दशमलव ३१ अंकले घटेको छ । त्यस्तै होटल समुह १४ दशमलव ७८,विकास बैंक ६ दशमलव ३ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह २ दशमलव ७१ अंकले ओरालो लागेको छ ।

त्यसैगरी जलविद्युत र फाइनान्स समुहको परिसुचक क्रमशः १ दशमलव ५७ र ० दशमलव ४७ अंकले घटेको छ । यता उत्पादन र अन्य समुहको परिसुचक भने ११ र ० दशमलव ५८ अंकले उकालो लागेको छ ।

बुधवार १ सय ३६ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ११ लाख कित्ता सेयरबाट ७५ करोड ३४ लाखको कारोवार भएको छ ।
बुधवार नेशनल लाइफ इन्स्योरेन्सको ११ करोड ८३ लाखबराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्