Logo

नेप्सेमा दैनिक उतार चढाव, एक दिन पनि अडिएन बुलिस ट्रेन्ड, कारोवार ७५ करोडमा सिमित

नेप्सेमा दैनिक उतार चढाव, एक दिन पनि अडिएन बुलिस ट्रेन्ड, कारोवार ७५ करोडमा सिमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार २२ अंकभन्दा बढीले बढेको नेप्से परिसुचक मंगलवार पूनः ओरालो लागेको छ । लामो समयपछि सोमवार बुलिस ट्रेन्डमा देखिएको नेप्सेले मंगलवार वियरिस ट्रेन्ड समातेको छ ।

मंगलवार नेप्से परिसुचक ३ दशमलव ३८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ५३ दशमलव ७२ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका सवै समूह ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सवैभन्दा बढी २७ दशमलव ८ अंकले घटेको छ ।

त्यस्तै बीमा समुह २३ दशमलव २६,अन्य ४ र जलविद्युत २ दशमलव ३३ अंकले ओरालो लागेको छ । त्यसैगरी विकास बैंक,होटल र बैंकिङ समुह क्रमशः २दशमलव ३९, २ दशमलव ३ र १ दशमलव ९६ अंकले घटेको छ ।

मंगलवार १ सय ४२ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ९ लाख ६६ हजार कित्ता सेयरबाट ७५ करोड ७२ लाखको कारोवार भएको छ ।
मंगलवार एभरेष्ट बैंक लिमिटेडको कारोवार सवैभन्दा बढी ११ करोड ५४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्