Logo

आईसिएफसि फाइनान्सले ३० करोडको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

आईसिएफसि फाइनान्सले ३० करोडको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल



काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ९% आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो ।

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका छन् ।

उक्त सम्झौतापत्रमा आईसिएफसि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतीपश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ । कम्पनीले २१ शाखा, १ एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटीएममार्फत आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL