Logo

७ दशमलव ३७ अंकले ओरालो लाग्यो नेप्से, किन घट्यो कारोवार रकम?

७ दशमलव ३७ अंकले ओरालो लाग्यो नेप्से, किन घट्यो कारोवार रकम?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ७ दशमलव ३७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ७९ दशमलव १३ अंकमा झरेर बन्द भएको छ ।

बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ४९ दशमलव ८७ अंकले ओरालो लागेको छ ।

त्यस्तै बीमा समुह ३४ दशमलव ३३, जलविद्युत २० दशमलव १७,होटल ११ दशमलव ६३ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ८ दशमलव ३९ अंकले ओरालो लागेको छ । सो दिन फाइनान्स समुहको परिसुचक १ दशमलव २ अंकले ओरालो लागेको छ ।

यता विकास बैंक र अन्य समुहको परिसुचक भने क्रमशः ० दशमलव ६३ र ० दशमलव २९ अंकले उकालो लागेको छ । बुधवार १ सय ४२ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २२ लाख १९ हजार कित्ता सेयरबाट ९४ करोड ९६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्