काठमाडौं । अमेरिकाका प्रसिद्ध लगानीकर्ता अर्थात सेयर बजारका बादशाह वारेन बफेटलाई नचिन्ने शायदै कोही लगानीकर्ता होलान । विश्वभरका लगानीकर्ताहरूले उनलाई आफ्नो रोल मोडलका रूपमा लिन्छन् । बफेटको कम्पनी बर्कशायर ह्याथवेको मार्केट क्याप ८८९.५२ बिलियन डलर छ, जुन भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिज भन्दा झन्डै चार गुणा बढी हो ।
बफेट विश्वका धनी व्यक्तिको सूचीमा नवौं नम्बरमा छन् । उनको कुल सम्पत्ति १३६ अर्ब डलर छ । विश्वकै ठूलो मार्केट कयाप भएका कम्पनी मध्येको एक बर्कशायर ह्याथवेको बीमा व्यवसाय भने भारतीय मूलका व्यक्तिद्वारा ह्यान्डल गरिएको छ । उनको नाम अजित जैन हो । बफेटले उनलाई सबैभन्दा बढी विश्वास गर्छन् । उनी अजित जैनलाई कम्पनीको लागि कामदार नियुक्तिको लागि ‘गुड लक’ मान्छन् । जैन सन् १९८६ मा बर्कशायर ह्याथवेमा सामेल भए र आज कम्पनीका उपाध्यक्ष छन् । केही वर्ष पहिले बफेटले उनलाई आफ्नो उत्तराधिकारी बनाउन सक्ने चर्चा थियो । यद्यपि, बफेटले ग्रेग एबेल आफ्नो उत्तराधिकारी हुने स्पष्ट पारेका छन् । अजित जैनको सेल्सम्यानबाट बर्कशायर ह्याथवेको उपाध्यक्ष बन्ने यात्रा कस्तोर रह्यो भन्नबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
अजितको जन्म ओडिशाको एउटा सानो सहर सुन्दरगढमा भएको थियो । उनले स्टीवर्ट स्कूल, कटकमा अध्ययन गरे र त्यसपछि आइआइटी खड़गपुरबाट मेकानिकल इन्जिनियरिङमा बिटेक डिग्री प्राप्त गरे । जैनले १९७३ मा विशाल टेक कम्पनी आईबीएममा सेल्सम्यानको रूपमा आफ्नो करियर सुरु गरे तर, तीन वर्षपछि उनले आफ्नो जागिर गुमाउनुपर्यो ।
यसपछि उनी १९७८ मा अमेरिका गए । उनले हार्वर्ड विश्वविद्यालयबाट एमबीए गरे र त्यसपछि म्याकिन्से एन्ड कम्पनीमा काम गरे । त्यसपछि उनी बफेटको बीमा व्यवसायमा सामेल भए । सन् २०१८ मा उनलाई कम्पनीको उपाध्यक्ष बनाइएको थियो । फोब्सको रिपोर्ट नुसार २०२१ मा जैनसँग १८५ मिलियन डलरको बर्कशायर ह्याथवेको शेयर थियो ।
बफेट भन्छन्, ‘अजित सन् १९८६ मा बर्कशायर आएका थिए । धेरै चाँडै मैले महसुस गरें कि हामीले असाधारण प्रतिभालाई काममा राखेका छौं । मैले नयाँ दिल्लीमा उनका आमाबुवालाई उनीजस्तो अरू छोरा छन कि भनेर चिठी लेखें । मलाई उत्तर पहिले नै थाहा थियो अजित जस्तो अरु कोहि छैन । ९२ वर्षीय बफेटले जैनसँग आफ्नो पहिलो भेट शनिबार बिहान भएको बताउँछन् ।
बफेटले उनलाई बीमामा कति अनुभव छ भनी सोधे । त्यसमा अजित जैनले भने, ‘केही छैन ।’ यसमा बफेटको जवाफ थियो कि कोही पनि पूर्ण हुँदैन । बफेटले उनलाई काममा राखे । उनी सम्झन्छन्, ‘त्यो मेरो जीवनको भाग्यशाली दिन थियो ।’ अजित साँच्चै एक उत्तम विकल्प थिए र ३५ वर्ष पछिपनि उनी उत्तिकै राम्रो छन् ।
बफेटले एक पटक शेयरधानीरूलाई लेखेको पत्रमा भनेका थिए–‘यदि म, चार्ली मुंगेर र अजित जैन डुब्ने एउटै डुङ्गामा यात्रा गर्ने र डुंगा डुब्ने अवस्थामा तपाईंसँग एक जनालाई मात्र बचाउने विकल्प छ भने तपाईंले अजितलाई बचाउनु पर्छ । अजित संसारको उत्कृष्ट दिमाग मध्ये एक हो । उसको दिमाग विचारहरूको कारखाना हो जुन सधैं नयाँ व्यापार विचारहरूमा काम गर्दछ । अजितले यस्तो जोखिम लिन्छ कि कसैले कल्पना पनि गर्न सक्दैन । उनको काम क्षमता, गति र निर्णायकको मिश्रण हो । सबैभन्दामाथि उसको दिमाग फरक तरिकाले काम गर्दछ जुन व्यवसायका लागि अद्वितीय छ ।’ अनुवाद गरिएको