Logo

बुधवार नेप्से १८ सय १५ मा, साढे ३ अंकले घट्दा १ अर्ब ३७ करोडको कारोबार

बुधवार नेप्से १८ सय १५ मा, साढे ३ अंकले घट्दा १ अर्ब ३७ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघिल्लो दिनको तुलनामा बुधवार सेयर बजार परिसूचक नेप्से ३ दशलमव ५२ अंकले घटेर १ हजार ८ सय १५ दशमलव १७ मा झरेको छ । कारोबारमा आएका मध्ये होटल, बिमा र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब पुगेको हो ।

करिब ७ हजार १ सय ३१ वटा कारोबारबाट १ सय ४४ कम्पनीका १६ लाख ६४ हजार १ सय ८३ कित्ता सेयर किनबेच भए । उक्त किनबेचबाट १ अर्ब ३४ करोड रुपैया बराबरको सेयर कारोबार भयो । उक्त दिन होटल समूहको परिसूचक सबैभन्दा धेरै १ दशमलव ८६ प्रतिशतले र बिमाको १ दशमलव ०१ प्रतिशतले बढे ।

होटल र बिमा समूहलाई पछ्याउदै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ० दशमलव ३ प्रतिशतले उकालो लागेको छ । यता अन्य, जलविद्युत,विकास बैंक, बैंकिङ र फाइनान्स समुहको परिसुचक भने ओरालो लागेका छन् ।

बुधवार १२ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएर मुक्तिनाथ विकाश बैंक सवैभन्दा धेरै कारोवार गर्ने कम्पनीको अग्र पंक्तिमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्