Logo

साताको पहिलो दिन किन ओरालो लाग्यो सेयर बजार?, ६ अंकले घट्दा १ अर्व १७ करोडको कारोवार

साताको पहिलो दिन किन ओरालो लाग्यो सेयर बजार?, ६ अंकले घट्दा १ अर्व १७ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ६ दशमलव २४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय १६ दशमलव ८१ अंकमा झरेर बन्द भएको छ ।

आइतवार कारोवारमा आएकामध्ये अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ३७ दशमलव ६५ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा समुह २२ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ११ दशमलव ४ अंकले ओरालो लागेको छ ।

यता जलविद्युत, अन्य र विकास बैंकको सेयर भने क्रमशः ३० दशमलव ४४,३ दशमलव १९ र ० दशमलव ९१ अंकले बढेको छ । आइतवार कारोवार रकममा पनि गिरावट आएको छ ।

सो दिन कारोवारमा आएका १ सय ४५ कम्पनीको १८ लाख ५१ हजार कित्ता सेयरबाट १ अर्व १७ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्