Logo

३ दिनयता लगातार नेप्सेमा व्रेक, किन हच्किदैछन् लगानीकर्ता ?

३ दिनयता लगातार नेप्सेमा व्रेक, किन हच्किदैछन् लगानीकर्ता ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विगत केही दिनयता लगातार ओरालो लागेको सेयर बजार विहीवार पनि घटेको छ । सो दिन नेप्से परिसुचक १ दशमलव ७८ अंकले ओरालो लागेको छ ।

बिहीवार सेयर बजार १ हजार ८ सय २३ अंकमा झरेर बन्द भएको हो । बिहीवार कारोवारमा आएका अधिकांश समुह उकालो लागेपनि बैंकिङ समुहले नकारात्मक प्रभाव पारेको देखिन्छ । सो दिन बैंकिङ समुहको परिसुचक ५ दशमलव ७९ अंकले घटेको छ ।

त्यस्तै अन्य र फाइनान्स समूह क्रमशः ७ दशमलव ८१ र ७ दशमलव ९ अंकले ओरालो लागेको छ । यता होटल, जलविद्युत,बीमा र विकास बैंक भने क्रमशः ५१ दशमलव ७१,४८ दशमलव २९, ३६ दशमलव २३ र १ दशमलव ६५ अंकले उकालो लागेको छ । सेयर बजार लगानीकर्ताको मनोवल अनुसार घटबढ हुने हुँने इन्भेन्टर्स फोरमका अध्यक्ष डा. आत्मराक घिमिरेले बताए ।

साथै हाल लगानीकर्ता बजारप्रति सकारात्मक नदेखिएकोले गर्दा पनि सेयर बजार ओरालो लागेको उनले जानकारी दिए ।

बिहीवार लुम्विनी जनरल इनस्योरेन्सको १३ करोड ४७ लाख बराबरको सेयर कारोवार भएको छ । सो दिन १ सय ५२ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २१ लाख ४३ हजार कित्ता सेयरबाट १ अर्व ५० करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्