Logo

बैंकिङ समुहले घटायो नेप्से, करिव १० अंकले घट्दा १ अर्व ६५ करोडको कारोवार

बैंकिङ समुहले घटायो नेप्से, करिव १० अंकले घट्दा १ अर्व ६५ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ९ दशमलव ९७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय २४ दशमलव ८३ अंकमा झरेर बन्द भएको हो ।

बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २० दशमलव ६८ अंकले ओरालो लागेको छ ।

त्यस्तै उत्पादन समुह ७,जलविद्युत समुह ५ दशमलव ९९, विकास बैंक ५ दशमलव ४४ र फाइनान्स समुहको परिसुचक ० दशमलव ३७ अंकले ओरालो लागेको छ । यता वीमा समुहको परिसुचक भने ९४ दशमलव ३३ अंकले बढेको छ । त्यस्तै होटल र अन्य समुहको परिसुचक क्रमश ० २ दशमलव १६ र ० दशमलव ५८ अंकले उकालो लागेको छ ।

बुधवार नविल बैंक लिमिटेडको १३ करोड ५२ लाख बराबरको कारोवार भएको छ । त्यस्तै लुम्विनी जनरल इन्स्योरेन्सको ११ करोड ९६ लाख बराबरको कारोवार भएको छ ।

बुधवार १ सय ४५ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २९ लाख ३१ हजार कित्ता सेयरबाट १ अर्व ६५ करोड बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्