Logo

अधिकांश समुह उकालो लाग्दा १९ अंकले बढयो नेप्से, झण्डै २ अर्वको कारोवार

अधिकांश समुह उकालो लाग्दा १९ अंकले बढयो नेप्से, झण्डै २ अर्वको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक १९ दशमलव १३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय ३८ दशमलव ९६ अंकमा पुगेर बन्द भएको छ । सोमवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ४९ दशमलव १६ अंकले उकालो लागेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह २६ दशमलव ८६, विकास बैंक ११ दशमलव ४१ र अन्य समुह १० दशमलव १२ अंकले बढेको छ ।

त्यसैगरी जलविद्युत र फाइनान्स समुहको परिसुचक क्रमशः ७ दशमलव ९८ र ६ दशमलव १८ अंकले उकालो लागेको छ । यता उत्पादन र बीमा समुहको परिसुचक भने ३३ दशमलव ६९ र ० दशमलव ५४ अंकले उकालो लागेको छ ।

सोमवार १ सय ४४ कम्पनीको २२ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको थियो । जसबाट १ अर्व ९१ करोड बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्