Logo

अधिकांश समुह उकालो लाग्दा साढे १७ अंकले बढ्यो नेप्से, १ अर्व ३५ करोडको कारोवार

अधिकांश समुह उकालो लाग्दा साढे १७ अंकले बढ्यो नेप्से, १ अर्व ३५ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार नेप्से परिसुचक १७ दशमलव ६१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ४८ दशमलव २३ अंकमा पुगेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएका अधिकांश समूहको परिसूचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्कम प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ५७ दशमलव २६ अंकले उकालो लागेको छ । त्यस्तै बैंकिङ समुह २३ दशमलव ७८, फाइनान्स १५ दशमलव २६ र विकास बैंक १० दशमलव ६८ अंकले बढेको छ ।

त्यसैगरी उत्पाद र अन्य समुहको परिसुचक क्रमशः ८ र २ अंकले बढेको छ । यता होटल र जलविद्युत समुहको परिसुचक भने २० दशमलव ९३ र १२ दशमलव १७ अंकले ओरालो लागेको छ ।

आइतवार १ सय ४१ समुहको कारोवारमा आएका थिए । सो दिन १३ लाख १५ हजार कित्ता सेयरबाट १ अर्व ३५ करोडको कारोवार भएको छ । आइतवार लुम्विनी जनरल इन्स्योरेनसको सवैभन्दा बढी १४ करोडको कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्