काठमाडौं । भारतले स्टक एक्सचेन्ज डिजास्टर रिकभरी (डिआर) साइट ट्रायल गरेको छ । यसका लागि शेयर बजारमा कारोबार गर्नेहरूका लागि आज अर्थात शनिबार पनि सेयर बजारमा विशेष कारोबार खुला गरिएको थियो ।
भारतमा शनिबार र आइतबार शेयर बजार बन्द हुन्छ । तर, स्टक एक्सचेन्ज डिजास्टर रिकभरी साइट ट्रायल गर्न शनिबार शेयर बजार खुला रहेको थियो । यसका लागि आज स्टक एक्सचेन्ज नेशनल स्टक एक्सचेन्ज (एनएसई) र बम्बे स्टक एक्सचेन्ज (बिएसइ) मा छोटा सत्रहरूमा कारोबार भएको हो ।
प्रमुख स्टक एक्सचेन्जहरू एनएसइ र बिएसइले शनिबार इक्विटी र सेयर फ्यूचर्स र विकल्प खण्डहरूमा विशेष ट्रेडिङ सत्रहरू आयोजना गरेका थिए । जसले ठूलो अवरोधको सामना गर्न आफ्नो तयारी जाँच गरिएको थियो । विशेष ‘प्रत्यक्ष’ ट्रेडिङ सत्रले प्राइमरी साइटबाट डिजास्टर रिकभरी’ (डिआर) साइटमा ट्रेडिङ बीच स्विच गरेको थियो ।