Logo

‘एनआईबिएल स्टेवल फण्ड’ निष्कासन, यसरी दिन सकिन्छ आवेदन

‘एनआईबिएल स्टेवल फण्ड’ निष्कासन, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने छैठौं योजना “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निष्कासन भएको छ । यो योजना मंगलबारबाट निष्कासनमा आएको हो ।

यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २१ गते प्राप्त भएको थियो । यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले वार्षिक प्रतिफलको रूपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

योजनाको सार्वजनिक निष्कासन छिटोमा माघ ५ र ढिलोमा १६ गतेसम्म रहनेछ । इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. १० करोडसम्म लगानीका गर्न सकिनेछ । लगानीकर्ताहरूले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगइन गरी अनलाइन आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL