Logo

अपर तामाकोशीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अपर तामाकोशीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा आवेदन दिने आज पुस २९ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको हो ।

यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गर्नेछन् । कम्पनीले यसअघि गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

लिलामी सेयरमा आवेदन दिन बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL