Logo

आजपनि दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार ६ अर्ब माथि

आजपनि दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार ६ अर्ब माथि



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २०.२९ अंकले बढेर २०७९.७९ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको सेयर बजार सोमबार पनि बढेको थियो । सोमबार सेयर नेप्से सूचक ३६.५७ अंकले बढेर २०५९ को विन्दुमा पुगेको थियो ।

मंगलबार सेयर कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ । मंगलबार ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ३ सय ९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर १ लाख ४ हजार ६१९ पकट किनबेच भएको छ ।

आज कारोबारमा आएको १ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये १० कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ । ७७ कम्पनीको सेयर मूल्य घटेको छ । आज कारोबारमा आएको १३ उपसमुह मध्ये ३ उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी १० उपसमूहको सेयर मूल्य घटेको छ ।

आज २१ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः निफ्रा र सोल्टी होटेल परेका छन् ।

प्रतिक्रिया दिनुहोस्