Logo

माउन्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

माउन्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्