Logo

हिमालयन रिइन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

हिमालयन रिइन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?



काठमाडौं । हिमालयन इन्स्योरेन्स कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।

्कम्पनीको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर सूचीकरण भएको छ । कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर सोमबारदेखि कारोबार आउने छ । नेप्सेले हिमालयन रिइन्स्योरेन्सलाई एचआरएल कारोबार संकेत प्रदान गरेको छ ।

यस कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आइपीओ बाँडफाँड पुस ११ गते भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL