Logo

दोहोरो अंकले घट्यो आजपनि सेयर बजार, कारोबार रकम पनि घट्यो

दोहोरो अंकले घट्यो आजपनि सेयर बजार, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको थियो । सोमबार सेयर बजार ८.७५ अंकले घटेको थियो ।

सोमबारको तुलनमा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेका अनुसार मंगलबार ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको भएको थियो ।

मंगलबार ३ सय ५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७ सय १२ हजार कित्ता सेयर ८५ हजार ४ सय ५३ पटक किनबेच भएको छ । कारोबारमा आएको ३७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २ सय ५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूलय यथावत रहेको छ ।

मंगलबार १६ करोड ११ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्