Logo

बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न सर्वोत्तमलाई सेबोनको अनुमति, कति पर्छ प्रतिकित्ता मूल्य ?

बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न सर्वोत्तमलाई सेबोनको अनुमति, कति पर्छ प्रतिकित्ता मूल्य ?



काठमाडौं । बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्नेछ । सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१।५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो ।

उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो ।बुक विल्डिङमार्फत आइपीओ बिक्री गर्न संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १०५ घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

सोही आधारमा कायम भएको मूल्यमा आइपीओ बिक्री गर्न सर्वोत्तमले बोर्डबाट अनुमति पाएको हो । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्