Logo

भारतीय सेयर बजारमा ‘टी+0’ लागु हुँदै, सेयर किनबेचको भुक्तानी केही घण्टामै हुने

भारतीय सेयर बजारमा ‘टी+0’ लागु हुँदै, सेयर किनबेचको भुक्तानी केही घण्टामै हुने



काठमाडौं । भारतीय सेयर बजारमा टी+० लागु हुने भएको छ । सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर बजारमा सोही दिनको सेटलमेन्ट लागू गर्नुअघि परामर्श पत्र जारी गरेको छ । बजार नियामकले १२ जनवरीसम्म प्रस्तावमाथि सर्वसाधारणसँग राय मागेको छ ।

सेबीले परामर्श पत्रमा दुई चरणमा तत्काल सेटलमेन्ट लागू गरिने बताएको छ । टी+० सेटलमेन्टको पहिलो चरणमा सोही दिनको सेटलमेन्ट लागू हुनेछ, त्यसपछि खरिदकर्ताले सोही दिन शेयर र बिक्रेताले सोही दिन रकम पाउनेछन् । यसको मतलब तपाईंले कारोबारको दिन दिउँसो १ः३० बजेसम्म शेयर कारोबार गर्नुभयो भने बेलुका ४ः३० बजेसम्ममा सेटलमेन्ट भइसक्नेछ । यसको दोस्रो चरणमा, दिउँसो ३ः३० बजेसम्म हुने सबै कारोबारका लागि वैकल्पिक तत्काल ट्रेड–बाय–ट्रेड सेटलमेन्ट सुविधा उपलब्ध गराइनेछ ।

छोटो समयको बन्दोबस्तको यो प्रणाली हालको टी+१ चक्रको साथमा एक विकल्प हुनेछ । यसले बजारमा तरलता बढ्ने विश्वास सेबीको छ । हाल बजार पूँजीकरणका हिसाबले शीर्ष ५०० सूचीकृत कम्पनीहरूमा कारोबार गर्न टी+० सेटलमेन्ट प्रणाली लागू हुनेछ ।

। यसअघि सेबी प्रमुख माधुरी पुरी बुचले बजार नियामकले ट्रेड सेटलमेन्ट नियममा परिवर्तन गर्ने तयारी गरिरहेको बताएकी थिइन । उनले आगामी मार्च २०२४ सम्ममा ट्रेड सेटलमेन्ट समय १ घण्टामा घटाएर २०२४ अक्टोबरसम्ममा तुरुन्तै ट्रेड सेटलमेन्ट कार्यान्वयन गर्ने तयारीमा रहेको बताइन ।

तत्काल सेटलमेन्ट सन् २०२५ जनवरी सम्म लागू भइसक्नेछ । सन् २००२ सम्म भारतमा टी+५ सेटलमेन्ट प्रणाली थियो । सेबीले २००२ टी+३ सेटलमेन्ट लागू गर्यो । अर्को वर्ष २००३ मा टी+२ लागू भयो । यसपछि बजारले २०२१ सम्म एउटै प्रणालीमा काम गर्न जारी राख्यो । त्यसपछि २०२१ मा टी+१ प्रणाली ल्याइयो । यो सन् २०२३ को जनवरीमा लागू भएको थियो । जसका कारण २४ घण्टाभित्रै कोष र सेयर निष्कासन हुन थालेको छ । अहिले बजार यही प्रणालीमा काम गरिरहेको छ । सेबीका अनुसार टी+० सेटलमेन्ट प्रणाली जनवरी २०२५ सम्म पूर्ण रूपमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL