Logo

साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार सवा ६ अर्व माथि

साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार सवा ६ अर्व माथि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकसहित ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम समयमा ३२.७७ अंकले घट्दै २१ सय ९ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबारमा आएका उत्पादन तथा प्रशोधन र व्यापार समुहका बाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट भने जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज यो समुहको परिसुचक ३ सय २९ अंकले घट्दा होटल तथा पर्यटन समुहको परिसुचक १ सय ७८ अंकले घटेको छ । यस्तै आज विकास बैंक समहुको परिसुचकमा १ सय ३५ अंकको गिरावट आउँदा निर्जीवन बीमा समुहको परिसुचकमा ७८ अंकको गिरावट आएको छ । यससंगै आज ओरालो लागेका अन्य समुहको परिसुचक दोहोरो अंकले घटेका छन् ।

आज कारोबारमा आएकामध्ये १ सय ९१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ५० कम्पनीको सेयरमूल्य भने बढेको छ । त्यसमध्ये पनि १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसरी आज कारोबार अवधिभर ३ सय ४ कम्पनीका १ करोड ७१ लाख ७२ हजार १ सय ४९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ६ अर्ब २७ करोड ४३ लाख २४ हजार माथि पुगेको छ ।

आज सबैभन्दा बढी शिवम सिमेन्टको ३० करोड माथिको सेयर कारोबार हुँदा सोनापुर मिनेरल्सको २५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज हिमालयन डिस्ट्रीलरीको २० करोड, हाथवे इन्भेष्टमेन्ट र घोराही सिमेन्टको समान १५/१५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्