Logo

चन्द्रागिरि हिल्सले बनायो सेयरधनीको हात खाली, पुस २४ गते बोलायो साधारण सभा

चन्द्रागिरि हिल्सले बनायो सेयरधनीको हात खाली, पुस २४ गते बोलायो साधारण सभा



काठमाडौं । चन्द्रागिरि हिल्सले यस वर्ष सेयरधनीको हात खाली गराएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको हो । साथै सोही बैठकले आगामी पुस २४ गते १४ औ वार्षिक साधारणसभा बोलाउने निर्णय पनि गरेको छ।

सभामा लेखापरिक्षक नियुक्त गर्ने तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबसहितको लेखापरिक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी पुस १३ गते बुकक्लोज गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्