Logo

बुढानीलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्ने, पुस २७ गते साधारणसभा

बुढानीलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्ने, पुस २७ गते साधारणसभा



काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सोही प्रस्तावसहित आगामी पुस २७ गते शुक्रबार पाँचौ वार्षिक साधारणसभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत सार्वजनिक सेयर निष्कासन गर्ने प्रस्ताव ल्याएको हो।

सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधनका लागि छलफल हुने छ। सभामा गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL