Logo

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० कि मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

पुस २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL