काठमाडौं । बुधवार नेप्से परिसुचक १२ दशमलव ७५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय १३ दशमलव ७२ अंकमा झरेर बन्द भएको हो ।
बुधवार कारोवारमा आएका सवै समूह ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ४ अंक्ले घटेको छ । त्यस्तै बीमा समुहको परिसुचक ३३ दशमलव ८२ अंक ै जलविद्युत १७ दशमलव ५८,बैंकिङ समुह १३ दशमलव ४८ अंकले ओरालो लागेको छ ।
त्यसैगरी विकास बैंक, होटल, फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः ११,१० दशमलव ८९, दश दशमलव ५८ र ३ दशमलव ७६ अंकले ओरालो लागेको हो ।
बुधवार १ सय ३७ समुह कारोवारमा आएका थिए । ती कम्पनीको २४ लाख ८३ हजार कित्ता सेयरबाट १ अर्व २७ करोडको कारोवार भएको छ ।