Logo

पारदर्शी र प्रतिस्पर्धी बुक बिल्डिङमार्फत सर्वोत्तमको कटअफ प्राइस तोकियो, सर्वसाधारणले १० प्रतिशत कममा सेयर पाउने

पारदर्शी र प्रतिस्पर्धी बुक बिल्डिङमार्फत सर्वोत्तमको कटअफ प्राइस तोकियो, सर्वसाधारणले १० प्रतिशत कममा सेयर पाउने



काठमाडौं । नेपालमा पहिलो पटक पारदर्शी र प्रतिस्पर्धी प्रणालीमार्फत सर्वोत्तम सिमेन्टको आईपीओको मूल्य तोकिएको छ । विश्वव्यापी प्रचालनमा आएको बुकबिल्डिङ प्रणालीमार्फत संस्थागत लगानीकर्ताहरुले विडिङ गरेर सर्वोत्तम सिमन्टको आईपीओको मूल्य तोकिएको हो ।

सर्वोत्तमको बुकबिल्डिङमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाएका थिए । उक्त विडिङमार्फत सर्वोत्तमको आईपीओको कटअफ प्राइस ४०१ रुपैयाँ कायम भएको छ । बुकबिल्डिङ प्रणालीअन्तरगत अब सर्वसाधारणले उक्त कटअफ प्राइसको १० प्रतिशत कम अर्थात ३६०.९० रुपैयाँमा आईपीओ भर्न पाउने भएका छन ।

कम्पनीले पहिलो चरणमा संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरेको हो । संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमार्फत निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्नेछ । कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत सेयर यसरी संस्थागत योग्य लगानीकर्तामा बिक्री गरेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ । इक्रा नेपालले कम्पनीलाई ’ट्रिपल बी’ रेटिङ दिएको छ । कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ । सुरूवातमा वार्षिक ४ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने जडान गरिएकोमा हाल कम्पनीबाट वार्षिक करिब एक करोड टन सिमेन्ट उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL