Logo

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा



काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहीबार आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीका अनुसार यस निष्कासनमा ३१ हजार १९६ वटा आवेदन प्राप्त भएको थियो ।जसमध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले रद्द भएको छ भने कुल ३१ हजार १९४ जना आवेदकहरुलाई योग्य मानेर सेयर बाँडफाँड गरिएको छ ।मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको छ । जसअनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन्।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई गत कात्तिक १० देखि कात्तिक २४ सम्म १ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

आइपीओको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.nimbacecapital.com/

२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/

प्रतिक्रिया दिनुहोस्
MBL