Logo

नेप्से १८ सय अंक नजिक, २ अर्व २६ करोडको कारोवार

नेप्से १८ सय अंक नजिक, २ अर्व २६ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक १४ दशमलव ९५ अंकले बढ्दा करिव १९ अंक नजिक पुगेको छ । सो दिन सेयर बजार १ हजार ८ सय ८१ दशमलव ४५ अंकमा पुगेर बन्द भएको हो ।

बुधवार कारोवारमा आएका अधिकांश सुमहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक असर परेको हो । सो दिन होटल समुहको परिसुचक १ सय ९५ दशमलव ३७ अंकले बढेको छ । त्यस्तै जलविद्युत ४५ दशमलव ३१, विकास बैंक ३३ दशमलव १८, बैंकिङ समुह १५ दशमलव ५१ र फाइनान्स समुह ५ दशमलव २१ अंकले उकालो लागेको छ ।

यता वीमा, उत्पादन र अन्य समुहको परिसुचक भने क्रमशः २३ दशमलव ११, १३ दशमलव १४ र ७ दशमलव २२ अंकले ओरालो लागेको छ । बुधवार १ सय ४८ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ४३ लाख ८७ हजार कित्ता सेयरबाट २ अर्व २६ करोड ६४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्