Logo

प्रिमियम मूल्यमा सोनापुर मिनरल्सको आईपीओ बिक्री खुला, प्रतिकित्ता कति पर्छ ?

प्रिमियम मूल्यमा सोनापुर मिनरल्सको आईपीओ बिक्री खुला, प्रतिकित्ता कति पर्छ ?



काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज असोज १४ गते आइतबारदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ बिक्री खुला गर्ने भएको हो। कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ ल्याउनेछ। जसमा स्थानीयलाई जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी १४ लाख ३ हजार ५ कित्ता सेयर थप गरिएको छ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो। सो मध्ये पहिलो चरणमा उद्योग प्रभावित स्थानीयका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ बिक्री गरिसकेको छ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता बाँडफाँड गरिसकेको छ।

कम्पनीले सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता छुट्याएको छ। अब स्थानीयमा बिक्री नभएको कित्तासहित कुल ९७ लाख ३२ हजार ५४४ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ। आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL