Logo

सेयर कारोवारको समय बढ्यो, अव विहान ११ बजेदेखि बजार खुल्ने

सेयर कारोवारको समय बढ्यो, अव विहान ११ बजेदेखि बजार खुल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवारदेखि सेयर कारोवार बिहान ११ बजेदेखि खुल्ने भएके छ । यससागै बिहानको ११ बजे नै सेयर कारोबार गर्न पाइने भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यस्तो जानकारी दिएको हो ।

नेप्सेले सेयर कारोबारको समय दैनिक एक घण्टाले बढाएको हो । हालसम्म नेप्सेमा दिनको १२ बजेदेखि ३ बजेसम्म मात्रै सेयर कारोबार हुँदै आएको थियो । हप्तामा ५ दिन मात्रै सेयर कारोबार हुन्छ । सार्वजानिक विदामा भने सेयर कारोवार बन्द हुन्छ ।

एक्सचेन्जको विहीबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समय एक घण्टा बढाउने निर्णय गरेको हो । साना लगानीकर्ताले समय नपुगेको गुनासो गरेपछि कारोबार समय थपिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्