Logo

प्रिमियममा आइपीओ निष्कासन गरेको माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट

प्रिमियममा आइपीओ निष्कासन गरेको माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट



काठमाडौं। माण्डु हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन्।

यो आईपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकामा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ।

योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ५ हजार ३२० कित्ता आईपीओ प्रिमियम भाउमा बिक्री गरेको थियो । फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले आइपीओ निष्कासन गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, माण्डु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आजईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
MBL