Logo

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा, १३ करोड ७६ लाख प्रतिफल वितरण गर्ने

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा, १३ करोड ७६ लाख प्रतिफल वितरण गर्ने



काठमाडौँ । सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६% का दरले हुन आउने रकम रु.१३ करोड ७६ लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको छ । विगत ३ वर्षमा फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गरेको छ ।

यो लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्