Logo

लक्ष्मी ईक्वीटी फण्ड र लक्ष्मी उन्नती कोषको लाभांश घोषणा, कति पाउँछन सेयरधनीले ?

लक्ष्मी ईक्वीटी फण्ड र लक्ष्मी उन्नती कोषको लाभांश घोषणा, कति पाउँछन सेयरधनीले ?



काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन् । क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी ईक्वीटी फण्डको इकाईधनीहरूका लागि ८ प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाईधनीहरूका लागि ९ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

योजना व्यवस्थापकले दुबै योजनाको नगद लाभांश कर समेत रहेको जानकारी दिएको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड बन्दमुखी प्रकृतिको योजना रहेको छ । यस योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । नेपाल धितोपत्र बोर्डबाट योजना सञ्चालनका लागि २०७४ साल वैशाख ३ गते अनुमति प्राप्त भएको थियो । असार मसान्तसम्म यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै लक्ष्मी उन्नती कोष पनि बन्दमुखी प्रकृतिकै योजना रहेको छ । नेपाल धितोपत्र बोर्डबाट २०७६ साल फागुन २० गते योजना सञ्चालनको लागि अनुमति पाएको योजना व्यवस्थापकले ६ करोड ५२ लाख ६२ हजार ३६० इकाई विक्री गरेको थियो । यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य असार मसान्तसम्म १० रूपैयाँ ९९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL