Logo

१८ दशमलव ८८ अंकले बढ्यो नेप्से, १ अर्व ६० करोडको कारोवार

१८ दशमलव ८८ अंकले बढ्यो नेप्से, १ अर्व ६० करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १८ दशमलव ८८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ८५ दशमलव १७ अंकमा पुगेर बन्द भएको छ ।

आइतवार कारोवारमा आएका अधिकांश समुह ओरालो लागेपनि बैंक तथा वित्तीय समुहले सेयर बजार उचालेको हो । सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ३३ दशमलव ३३ अंकले बढेको छ । त्यस्तै विकास बैंक ८ दशमलव ९८ फाइनान्स समुह ४ दशमलव २६ अंकले बढेको छ ।

यता उत्पादन,बीमा, होटल र जलविद्युत समुहको परिसुचक भने क्रमशः ३६ दशमलव ३३, ३० दशमलव ३८,१० दशमलव २३ र ९ दशमलव ३७ अंकले घटेको छ । सो दिन १ सय ३५ समुह कारोवारमा आएका थिए । ती कम्पनीको ६३ लाख ९३ हजार कित्ता सेयरबाट १ अर्व ६० करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्