Logo

सेयर, घरजग्गा तथा हायरपर्चेज कर्जाको जोखिमभार पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा

सेयर, घरजग्गा तथा हायरपर्चेज कर्जाको जोखिमभार पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर, घरजग्गा तथा हायरपर्चेज धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने भएको छ। केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ ।’ राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ ।

केन्द्रिय बैंकले यसअघि सेयर कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो । यसले गर्दा बैंकहरुको पूँजीकोषमा समेत दबाव परेको थियो। यसले गर्दा यी क्षेत्रहरुमा बढाइएको जोखिमभारमा पुनरावलोकन गर्दै केही घटाउने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL