Logo

सेतीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

सेतीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौँ । सेतीखोला हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको ६०,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पुँजी रु. एक अर्ब पचास करोड रुपैयाँ, जारी पुँजी रु. एक अर्ब पचास करोड रुपैयाँ, र चुक्ता पुँजी रु. अठासी करोड छयालिस लाख पैचालीस हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL