Logo

१८ दशमलव ७८ अंकले बढ्यो नेप्से, करिव २ अर्वको कारोवार

१८ दशमलव ७८ अंकले बढ्यो नेप्से, करिव २ अर्वको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक १८ दशमलव ७८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ६६ दशमलव २९ अंकमा पुगेर बन्द भएको हो ।

बिहीवार फाइनान्स बाहेक सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी  ६९ दशमलव ६९ अंकले बढेको छ । त्यस्तै जलविद्युत समुह ४० दशमलव ८३,उत्पादन ३४ दशमलव ८६ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहने बैंकिङ समुहको परिसुचक २३ दशमलव १७ अंकले उकालो लागेको छ ।

त्यस्तै सोे दिन विकास बैंक,होटल र अन्य समुह क्रमशः १२ दशमलव ९७, ११ दशमलव २३ र १ दशमलव १८ अंकले उकालो लागेको छ ।

यता फाइनान्स समुहको परिसुचक भने ६ दशमलव ९४ अंकले ओरालो लागेको छ । बिहीवार १ सय ३५ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ३ लाख २२ हजार कित्ता सेयरबाट १ अर्व ९८ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्