Logo

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर, स्वतन्त्र सञ्चालकमा काफ्ले र श्रेष्ठ नियुक्त

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर, स्वतन्त्र सञ्चालकमा काफ्ले र श्रेष्ठ नियुक्त



काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् ।
यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ । साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएको क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डे कायम भएका छन् । यस्तै सञ्चालकहरुमा माधव प्रसाद उपाध्याय, अनिल श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी भएका छन् भने स्वतन्त्र सञ्चालकहरुमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL