Logo

प्रभु क्यापिटल लिमिटेडद्वारा मेडिकल चिकित्सकलाई सेयर बजारमा लगानीसम्बन्धी तालिम

प्रभु क्यापिटल लिमिटेडद्वारा मेडिकल चिकित्सकलाई सेयर बजारमा लगानीसम्बन्धी तालिम



काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुको १ दिने सेयर बजारमा लगानी सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान ललितपुरमा असार १३ गते बुधबारको दिन सम्पन्न भएको हो ।

चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ “Doctor’s Meet: Exploring Financial Market” कार्यक्रमको आयोजना गरिएको हो ।

तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत श्री दुर्गा नन्द झाले गरेका थिए भने उतm कार्यक्रममा ३० जनाभन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो । व्यस्त समय तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए ।

सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL