Logo

बीमा समुहले उचाल्यो नेप्से, ३ सय ३० अंकले बढ्दा २ अर्वको कारोवार

बीमा समुहले उचाल्यो नेप्से, ३ सय ३० अंकले बढ्दा २ अर्वको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्से परिसुचक १२ दशमलव ४७ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ३२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।

बिहीवार बीमा समुह बढ्दा समग्र सेयर बजार उकालो लागेको छ । सो दिन बीमा समुह ३ सय ३० दशमलव ५० अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक २९ दशमलव १६, उत्पादन समुह १८ दशमलव ३६, जलविद्युत ९ दशमलव २८ र फाइनान्स समुहको परिसुचक २ दशमलव ३६ अंकले उकालो लागेको छ ।

बिहीवार होटल र सेयर बजारमा बढी प्रभाव रहेको रहेको बैंक समुहको परिसुचक २३ दशमलव ३६ र २ दशमलव ७३ अंकले ओरालो लागेको छ ।

सो दिन १ सय ४० कम्पनी कारोवारमा आएका थिए । ५६ लाख ८४ हजार कित्ता सेयरबाट २ अर्व ५ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्