Logo

भारत बन्यो विश्वको पाँचौं ठूलो शेयर बजार, कुन-कुन देश छन् भारतभन्दा अगाडि ?

भारत बन्यो विश्वको पाँचौं ठूलो शेयर बजार, कुन-कुन देश छन् भारतभन्दा अगाडि ?



काठमाडौं । अमेरिकामा ऋण सीमाको विषयमा सहमति भएपछि सोमबार भारतीय शेयर बजारमा ठूलो उछाल आएको छ । एक समयमा सेन्सेक्सले ६३ हजारको स्तर पार गरेको थियो । उही समयमा, निफ्टी १८,६०० को नजिक पुग्यो । बैंकिङ, कन्जुमर ड्युरेबल्स, धातु र अटो क्षेत्रको शेयरमा राम्रो किनबेच देखियो ।

बजारमा भावना यति सकारात्मक थियो कि लगानीकर्ताहरूको सम्पत्ति एक दिनमा लगभग १.०७ लाख करोड रुपैयाँ बढ्यो । जिसिएल ब्रोकिङका अनुसन्धान विश्लेषक वैभव कौशिकले भने, ‘हालैका सत्रहरूमा एफआईआईले लगातार खरिद गरेको छ । अहिले विश्व बजार पनि उकालो लागिरहेको छ ।’

भारत फेरि बन्यो विश्वको पाँचौं ठूलो शेयर बजार

सेयर बजारमा हालै आएको उछालका कारण भारतले विश्वको पाँचौं ठूलो शेयर बजारको रूपमा आफ्नो स्थान पुनः प्राप्त गरेको छ । जनवरीमा छोटो समयका लागि फ्रान्सले यस मामिलामा भारतलाई उछिनेको थियो । तर, अहिले सकारात्मक कार्यसम्पादनका आधारमा ५ औं स्थानमा पुगेको छ । भारतीय शेयर बजारको मूल्य ३.३१ ट्रिलियन डलर पुगेको छ । विगतमा अदानी समूहको शेयरमा भएको वृद्धिका कारण भारतीय शेयर बजारलाई विश्वको ‘पाँचौं ठूलो शेयर बजार’ बन्न मद्दत पुगेको थियो । जनवरीमा फ्रान्सले भारतलाई पछि पार्दै यो स्थान हासिल गरेको थियो ।

विश्वका शीर्ष सेयर बजारको मूल्यांकन कति छ ?

अमेरिकाः ४४.५४ ट्रिलियन डलर

चीनः १०.२६ ट्रिलियन डलर

जापानः ५.६८ ट्रिलियन डलर

हङकङः ५.१४ ट्रिलियन डलर

भारतः ३.३१ ट्रिलियन डलर

फ्रान्सः ३.२४ ट्रिलियन डलर

प्रतिक्रिया दिनुहोस्
MBL