Logo

साढे ८ अंकले घट्यो नेप्से, १ अर्व २२ करोडको कारोबार

साढे ८ अंकले घट्यो नेप्से, १ अर्व २२ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ८ दशमलव ५६ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार ५ सय २३ दशमलव ५६ अंकमा झरेर बन्द भएको हो । बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेय बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय दशमलव १२ अंक्ले घटेको छ ।

त्यस्तै जलविद्युत ८२ दशमलव ७८,उत्पादन १४ दशमलव ५८ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ४ दशमलव ६३ अंकले घटेको छ । त्यस्तै विकास बैंक र अन्य समुहको परिसुचक क्रमशः १ दशमलव ८१ र १ दशमलव १८ अंकले ओरालो लागेको छ ।

यता होटल र फाइनान्स समुहको परिसुचक भने क्रमशः १७ दशमलव ९३ । ० दशमलव ३ अंकले उकालो लागेको छ । बुधवार १ सय ३१ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २३ लाख ५१ हजार कित्ता सेयरबाट १ अर्व २२ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्